स्पेनमा यौनसम्पर्कअघि महिलाको ‘एस’ अनिवार्य
प्रतिकात्मक तस्बिर ।
काठमाडौँ – स्पेनमा यौनसम्पर्क गर्ने क्रममा महिलाले ‘अँ’ अर्थात 'एस' भन्नु अनिवार्य छ । याे सहमत छु भन्नु हाे । यदि यौनसम्पर्कको समयमा महिला मौन रहिन् वा विरोध नजनाए पनि त्यसलाई बलात्कारको रुपमा लिइने भएको छ ।
खासमा सन् २०१६ जुलाई ७ मा स्पेनको पंपलोना शहरमा एक १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार गरे अनि उनीहरुले भिडियो पनि बनाए । तर उक्त भिडियोमा युवतीले कुनै विरोध नगरेको तथा चुपचाप रहेको देखिएको थियो ।
भिडियोको आधारमा अदालतले महिलामाथि बलात्कार नभएको तर्क दियो । अदालतले पाँचै जनालाई बलात्कार नभइ यौन उत्पीडनको दोषी ठहर गर्यो ।
अदालतको निर्णयविरुद्ध देशव्यापी विरोध प्रदर्शन भयो ।
२०२२ को मे महिनामा स्पेनको तल्लो सदनमा एक विधेयक पेश गरियो जसमा अब पीडितले अब उनीमाथि बलात्कार भएको प्रमाणित गर्नुपर्ने छैन । यदी यौन क्रियाकलापका लागि पूर्णरुपमा महिलाले सहमति नदिए त्यसलाई बलात्कार मानिनेछ । चुपचाप रहनु वा विरोध नगर्नुलाई सहमति मानिने छैन अर्थात ‘वनली यस मिन्स यस’ मानिनेछ ।
तल्लो सदनमा पास भएपछि यसलाई स्पेनको सिनेटमा लगिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया