युक्रेनमाथि रुस आक्रमणको १०० दिन पूरा
काठमाडौँ – रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको एक सय दिन पुरा भएको छ । रुसी सेनाले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यस यता युक्रेनी र रुसी प्रतिनिधिबीच पटक पटक वार्ता भएपनि कुनै निष्कर्श निसक्न सकेको छैन भने रुसले पनि आक्रमणलाई निरन्तरता दिदै आएको छ ।
बेलायतको रक्षा मन्त्रालयले जनाए अनुसार रुसले पछिल्लो समय युक्रेनको पूर्वी डोनबास क्षेत्रमा "रणनीतिक सफलता" हासिल गरिरहेको छ । तर यसका लागि महत्वपूर्ण स्रोत लगानी गर्नुपरेको रक्षा मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार रुसले आफ्नो पूर्व निर्धारित उदेश्य अर्थात किभ र युक्रेनी सरकारको मूख्य केन्द्रहरुमाथि कब्जा जमाउन असफल भएको जनाएको छ । उसका अनुसार रुसले सफलता प्राप्त गर्न मानविय तथा भौतिक श्रोतको निरन्तर र ठूलो लगानी गर्नुपर्नेछ ।
यसैबीच अमेरिकाले रुसी सेनालाई अमेरिकी प्रविधि र अन्य वस्तुहरूको पहूँचबाट वञ्चित गर्ने आफ्नो पछिल्लो प्रयासमा अधिकांश विमान कारखाना, जहाज निर्माण र अनुसन्धान संस्थानहरू सहित ७१ रूसी र बेलारूसी संस्थाहरूलाई आफ्नो व्यापारको कालोसूचीमा थपेको छ ।
यता अमेरिका र यसका सहयोगीहरूले युक्रेनमा आक्रमण गरेपछि रुसी सेनाले गरेका अपराधहरूको लागि रुसलाई जवाफदेही बनाउने दावी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया