विश्व

भारतमा फेरि बढ्दै कोभिड संक्रमण, शुक्रबार ४ हजार ४१ नयाँ संक्रमित भेटिए

इकागज |
जेठ २१, २०७९ शनिबार ७:३० बजे

नयाँ दिल्ली - भारतमा फेरि कोभिड संक्रमित बढेको छ । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो । 


महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट  ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । 

 भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड संक्रमितको संख्या बढेपछि सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो । एजेन्सी


Author

थप समाचार
x