भारतको उत्तरकाशीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु
काठमाडौँ - भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । २८ जना तीर्थयात्री बोकेको बस सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।
समाचारमा जनाइएअनुसार सबै तीर्थ यात्रु मध्य प्रदेशको पन्ना जिल्लाका बासिन्दा हुन् । बाटोमा रुखसँग ठोक्किँएपछि दुर्घटना भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया