विश्व

अफगानिस्तानको राजधानीबाट एक महिनामा दुई हजार जना पक्राउ

इकागज |
जेठ २३, २०७९ सोमबार २१:२९ बजे

फाइल फोटो

काठमाडौँ - अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले सोमबार जनाएको छ ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका थिए ।


अफगानिस्तानमा गत अगस्त १५ मा तालिवान समूहले सत्ता कब्जा गरेपछि तालिवान समूहको नेतृत्वमा सरकार चल्दै आएको छ । तालिवान समूहले सरकार विरोधी गतिविधिमा सम्लग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरूको दाबी रहँदै आएको छ ।

अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाई रहने गरेको छ ।

प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संम्लग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरू विरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।रासस


Author

थप समाचार
x