विश्व

अफगान प्रान्तमा दुई हजार बढी परिवारलाई खाद्यान्न सहायता प्रदान

इकागज |
जेठ २४, २०७९ मंगलबार २०:१६ बजे

काबुल - अफगानिस्तानका चार प्रान्तमा कुल २,०८६ परिवारले खाद्यान्न सहायता प्राप्त गरेको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।

एजेन्सीको वेबसाइटका अनुसार सोमबार उत्तरी फर्याब, सामंगन, बाघलान प्रान्त र दक्षिणी कान्दाहार प्रान्तमा असहाय र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई खाद्यान्न सहायता वितरण गरिएको भताइएको छ ।


सहायता प्याकेजहरूमा पीठो, सिमी, खाना पकाउने तेल, चिनी र ताजा खजूरहरू लगयातका खद्यान्न समावेश थिए। धेरै जसो सहयोग अन्तरराष्ट्रिय मानवीय एजेन्सीहरु द्वारा प्रदान गरिएको थियो र परिवारहरूलाई प्रादेशिक विपद् अधिकारीहरू र सहायता एजेन्सीहरूको सदस्यहरूद्वारा संयुक्त रूपमा सञ्चालित सर्वेक्षणद्वारा पहिचान गरिएको थियो।

देशको लगभग  ३ करोड ५० लाख जनसङ्ख्या मध्ये  २ करोड २२ लाखभन्दा बढी अफगानहरूले तीव्र खाद्य अभावको सामना गरिरहेको सहायता एजेन्सीहरूको रिपोर्टमा जनाइएको छ । रासस


Author

थप समाचार
x