आत्मसमर्पण गरेका हजारौँ युक्रेनी लडाकुलाई रुस लगियो
काठमाडौँ – आत्मसमर्पण गरेका हजारौँ युक्रेनी लडाकुलाई अनुसन्धानका लागि रुस लगिएको युक्रेनको सरकारी सञ्चार माध्यमले जनाएका छन् । मारिउपोलमाथि रुसी सेनाले आक्रमण गर्दा आत्मसमर्पण गरेका हजारौँ युक्रेनी लडाकुहरुलाई रुस लगिएको बीबीसीले उल्लेख गरेको छ ।
युक्रेनीहरूका लागि उनीहरु राष्ट्रिय नायक हुन् किनभने उनीहरुले हप्तौसम्म रुसी सेनाविरुद्ध लडेका थिए । तर रुसले भने उनीहरुलाई युद्ध बन्दी नभएर आतंकवादी तथा युद्धका अपराधीझै व्यवहार गर्ने दावी गरिएको छ ।
उनीहरुमाथि अनुसन्धान गरिने भनिएपछि युद्ध बन्दी हस्तान्तरणका समयमा उनीहरुलाई फिर्ता गरिनेमा आशंका गरिएको छ ।
यसैबीच रुस र युक्रेन दुबै देशले मारिएका समान १ सय ६० जनाको शव एक-अर्कालाई हस्तान्तरण गरेको समाचारमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया