विश्व

युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

इकागज |
जेठ २६, २०७९ बिहीबार ६:२४ बजे

मस्को- रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।

मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने ।


‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए । एजेन्सी


Author

थप समाचार
x