विश्व

श्रीलंकामा राष्ट्रपतिका भाइले दिए सांसद पदबाट राजीनामा

इकागज |
जेठ २६, २०७९ बिहीबार १४:४९ बजे

कोलम्बो - श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले सांसद सदस्यबाट राजीनामा दिएका छन् । 

देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले पत्रकारहरूलाई भने । 


आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकार विरोधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 


Author

थप समाचार
x