विश्व

श्रीलंकामा मास्क लगाउनै पर्ने नियम खारेज

इकागज |
जेठ २६, २०७९ बिहीबार २१:२७ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ ।

श्रीलंकाका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए ।   


कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । 

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाई छ । 

स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वास सम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ । 

उनले भने, `कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन ।`

मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भएपनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाई छ ।  रासस 


Author

थप समाचार
x