विश्व

जो आमा-बुवाको हत्या भएको ४० वर्षपछि फेला परिन्

इकागज |
जेठ २७, २०७९ शुक्रबार १२:४ बजे

तस्बिरः बीबीसी

काठमाडौँ – अमेरिकाको टेक्ससमा ४० वर्ष अगाडि एक दम्पती मारिएको अवस्थामा फेला परे । दम्पतीका २ वर्षीया छोरी घटना स्थलमा फेला परिनन् । तर उक्त घटना भएको ४० वर्षपछि उक्त बालिका (अहिले ४२ वर्षकी) फेला परेको स्टेट एटर्नी जेनरलले जनाएको बीबीसीले उल्लेख गरेको छ । सन् १९८१ मा उक्त दम्पतीको हत्या भए पनि २०२१ मा मात्र उनीहरुको परिचय खुलेको थियो । 

बेबी होली क्लाउज नाम गरेकी उक्त दम्पतीकी छोरी भने फेला परेको तथा उनी सुरक्षित रहेको बताइएको छ । उक्त हत्याकाण्डको मुद्दा अझै खुल्ला छ । अधिकारीहरूका अनुसार टिना गेल लिन क्लाउज र हारोल्ड डिन क्लाउज जुनियरको मृत्युको लागि रहस्यमय धार्मिक गुट जिम्मेवार हुन सक्ने बताएका छन् । उनीहरु ह्युस्टनको जंगलमा हत्या भएको अवस्थामा फेला पर्नुअघि फ्लोरिडाबाट केही समय अघि मात्र टेक्सास सरेका थिए । 


तर उक्त घटनापछि हराइरहेकी बेबी होली ओक्लाहोमामा बस्दै आएकी तथा उनी ५ सन्तानकी आमा समेत हुन् । तर पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।
यसबारे थाहा पाएपछि बेबी होलीकी हजुरआमाले आफ्ना छोराको जन्मदिनका लागि स्वर्गबाट उपहार आएको बताइन् ।

टेक्सस फस्ट असिसटेन्ट एटर्नी जेनरल ब्रेन्ट वेवस्टरले बेबी होलीलाई दुई महिलाले एरिजोनाको एक चर्चमा छाडेकी थिइन् । ब्रेन्टका अनुसार बेबी होलीलाई पालेको परिवारले उक्त हत्यामा उनको संलग्नता हुन नसक्ने बताए । 
 


Author

थप समाचार
x