विश्व

रुसी कब्जामा रहेको युक्रेनी सहर मारिउपोलमा कालाजार महामारीको खतरा

इकागज |
जेठ २८, २०७९ शनिबार ११:४७ बजे

काठमाडौँ – रुसी सेनाको आक्रमणले ध्वस्त भएको तथा रुसको नियन्त्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा कालाजार महामारीको प्रकोप सुरु हुने खतरा बढेको छ । बेलायती रक्षा मन्त्रालयले जनाएअनुसार मारिउपोलमा कालाजारको महामारी सुरु हुन सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्र संघले जनाएअनुसार मारिउपोलको अधिकांश भौतिक पूर्वाधार ध्वस्त भएको तथा पानीमा ढल मिसिएको छ । कालाजार सामान्यतया दूषित खानेकुरा वा पानी खाँदा लाग्ने गरेको तथा यो उचित सरसफाइ नगर्ने कुरासँग पनि जोडिएको बीबीसीले उल्लेख गरेको छ । ​मारिउपोलमा पहिले नै कालाजारको प्रकोप भएको र गत महिनामा कैयौं मानिसमा यो रोग देखिएको बताइएको छ । 


मारिउपोलका मेयर भाडिम बोचेन्कोले कालाजार तथा अन्य संक्रामक रोगहरू पहिले नै सहरमा रहेको र ठूलो प्रकोपबाट बच्न सहर बन्द गरिएको बताए । तर रुसी अधिकारीले भने नियमित परीक्षण भइरहेको तथा अहिलेसम्म कालाजार नभेटिएको दाबी गरेका छन् ।

अर्कोतर्फ युक्रेनी स्वास्थ्य मन्त्रालयले आफूहरुलाई सिमित जानकारी मात्र गराइने गरिएको भएपनि परिक्षणको समयमा कुनै बिरामी फेला नपरेको जनाएको छ । कालाजार गम्भिर प्रकृतिको रोग भएको तथा समयमा उपचार नगरे केही घण्टामै बिरामीको मृत्यु हुने गर्छ । 
 


Author

थप समाचार
x