के पुटिनले १८ औँ शताब्दीका जार शासकसँग आफूलाई तुलना गर्दैछन् ?
काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्व रुसी शासक पीटर द ग्रेटको ठूलो प्रशंसक रहेको सबै जानकार रहेपनि उनी अहिले आफैंमा ग्रेटको विचारहरू लादेको जस्तो देखिन्छ ।
उनले खुल्ला रुपमै आफूलाई रुसी जार शासकसँग तुलना गरिरहेका छन् र अहिलेको रुसले युक्रेनमा गरेको आक्रमणलाई करिब तीन शताब्दीअघि पिटरको विस्तारवादी युद्धसँग तुलना गरेका छन् । र पुटिनले पनि युद्ध भनेको भूमि कब्जा गर्नु नै रहेको स्वीकार गरेका छन् ।
पुटिनको स्पष्ट साम्राज्य विस्तारको महत्वाकांक्षाको परिणाम स्वरुप युक्रेनमाथि आक्रमण भएको तथा र उसका छिमेकीलाई चिढाउने गरेको छ । युवा वैज्ञानिक तथा उद्यमीहरूसँग भेटका क्रममा उनले आफ्नो महत्वाकांक्षाबारे कुराकानी गरे । उनले सुचना, सञ्चार तथा प्रविधिको विकासको कुरा गर्नुअघि राजनीति र शक्तिको बारेमा कुरा गरे जसमा उनले भूराजनीतिक प्रभुत्वका लागि नयाँ युद्धलाई सही रहेको बताएका थिए । उनले आफ्नो रोल मोडलमा ‘पिटर द ग्रेट’ एक रहेको बताए ।
१८ औँ शताब्दीमा रुसी सामाज्यवादको एक भागको रुपमा पिटरले स्वेडेनमाथि आक्रमण गर्नु स्वेडेनलाई पुनः प्राप्ति गर्नु मात्र भएको पुटिनको भनाइ थियो । पुटिनको दावी अनुसार रुसीहरु शदाब्दीऔदेखि त्यहाँ बस्दै आएका थिए ।
उनको भनाइले स्पष्ट रुपमा युक्रेन र युक्रेनमाथि उसले गरेको आक्रमणको उद्देश्य देखाएको थियो । युक्रेनमाथि आक्रमण गर्नुभन्दा धेरै महिनाअघि पुटिनले एउटा विशाल निबन्ध तयार पारेका थिए जसमा उनले देशको अस्तित्वको ऐतिहासिक अधिकारलाई अनिवार्य रूपमा तर्क गरेका थिए ।
तर जब रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गर्यो, पुटिनले यो केवल युक्रेनलाई ‘डि-नाजिफाइ’ गर्न र रूसको लागि मानिएको खतरा कम गर्न पूर्वी डोनबास क्षेत्रमा सीमित रहने विशेष अभियान भनेर झूटो दाबी गरेका थिए ।
तर जतिबेला उनी उक्त उद्देश्यकाे बारेमा बताइरहेका थिए सोही समयमा रुसी सेना भने युक्रेनको किभ र अन्य क्षेत्रतिर बढ्दै बम आक्रमण गरिरहेका थिए । युक्रेनमाथिको आक्रमण एक सय दिन भन्दा बढी भइसक्दा रुसी सेनाले युक्रेनका पाँचौ सहरलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । र अहिले पुटिनले ठूलो स्वरमा भन्दै छन् कि उनको अभियान भनेकै कब्जा जमाउनु हो । पुटिनलाई विश्वास छ कि पश्चिमाहरुले रुसी सेनाको लडाईको वास्तविकतालाई स्वीकार गर्नेछन् ।
उनले एक समयमा पिटरले सेन्ट पिटर्सवर्गलाई रुसको राजधानी बनाउने कुनै पनि युरोपेली देशले त्यसलाई तत्काल स्वीकार नगरेपनि अहिले सबैले स्वीकार गरेझै रुसको वर्तमान आक्रमणको वास्तविकतालाई स्वीकार्नेमा उनी विश्वस्त छन् ।
बीबीसी इंग्लिसमा साराह रेन्सफोर्डको प्रकाशित लेखको संक्षिप्त अनुवाद ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया