मासिक १ लाख कमाउनेले वार्षिक १०० रुपैया कर तिरे पुग्ने
काठमाडौँ – पाकिस्तानमा मासिक १ लाख कमाउनेलाई वार्षिक केवल एक सय रुपैयामात्र कर तिर्नुपर्ने भएको छ । पाकिस्तानको संघीय सरकारले सन् २०२२-२३ को बजेट पेश गर्दै वार्षिक १२ लाख रुपैया आर्जन गर्नेहरुका लागि छुट दिएको हो ।
बीबीसी हिन्दीका अनुसार अर्थमन्त्री मिफ्ता इस्माइलले बजेट भाषणमा मासिक १ लाख कमाउनेले वार्षिक रुपमा केवल १ सय रुपैया मात्र कर तिर्नुपर्ने बताए । बार्षिक ६ लाख कमाउनेलाई यस अघि नै करमा छुट दिइएको छ ।
यता वार्षिक रुपमा १२ लाखदेखि २४ लाखसम्म कमाउनेलाई ७ प्रतिशत कर तिर्नुपर्नेछ । त्यसैगरी २४ लाखदिख ३६ लाखसम्म आयआर्जन गर्नेले १२.५ प्रतिशत कर तिर्नुपर्नेछ । ३६ लाखदेखि ६० लाखसम्म कमाउनेले १७.५ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया