युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछौँ : ब्रिटिश रक्षामन्त्री
किभ- ब्रिटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि ब्रिटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उहाँहरूबीच भएको भेटकाक्रममा हालैका दिनहरूमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दनमा थप गरिने ब्रिटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।
युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि ब्रिटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया