रूससँग इन्धन किन्न श्रीलंका तयार
फाइल फोटो
काठमाडौँ - चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।
एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिघेंले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिंघेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।
बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक संकट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।
विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक संकटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिंघे अर्थमन्त्री पनि हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया