भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना
काठमाडौँ - भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चार वर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ ।
चार वर्ष पछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ । उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन् । त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन् ।
रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया