विश्व

अर्थतन्त्रलाई चलायमान राख्‍न मानिसलाई कम चिया पिउन पाकिस्तानी मन्त्रीको सुझाव

इकागज |
असार १, २०७९ बुधबार ११:४३ बजे

काठमाडौँ– पाकिस्तानमा देशको अर्थतन्त्रलाई चलायमान राख्‍न मानिसहरूलाई कम मात्रामा चिया सेवन गर्न सुझाव दिएको छ । दिनमा थोरै कप चिया पिउनाले पाकिस्तानको उच्च आयात दर घटाउन मद्दत गर्ने पाकिस्तानका वरिष्ठ मन्त्री अहसान इकबालले बताएको बीबीसीले उल्लेख गरेको छ । 

देशको कम विदेशी मुद्रा सञ्चिति भएको तथा उक्त सञ्चित सबैखाले आयातका लागि दुई महिनाभन्दा कमका लागि मात्र पर्याप्त रहेकोका कारण तत्काल कोषको आवश्यकता रहेको बताइएको छ । 


पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता देश हो र यसले गत वर्ष ६ सय मिलियन अमेरिकी डलरभन्दा बढीको चिया आयात गरेको थियो । 

इकवालले मानिसहरुलाई दिनमा एक वा दुई कप चिया कम पिउन सुझाव दिएका छन् । उनले विद्युत बचतका लागि व्यापारीहरूलाई आफ्नो व्यापार राति ८:३० बजेपछि बन्द गर्न अनुरोध गरेका छन् । 
 


Author

थप समाचार
x