विश्व

पाकिस्तानी प्रमभन्दा उनकी श्रीमती धनी, पूर्वप्रम खान चार बाख्राका मालिक, श्रीमतीभन्दा गरिब !

इकागज |
असार २, २०७९ बिहीबार १७:३७ बजे

इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । 

पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी गरेका छैनन् । 


खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार एक सय ९६ अमेरिकी डलर, पाँच सय १८ स्टर्लिङ् पाउन्ड र छ करोड पाकिस्तानी रूपैयाँ छ । खानकी श्रीमती बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ रूपैयाँको जायजेथा छ ।  

प्रधानमन्त्री शहबाज शरीफकी जेठी जाया नुसरत शहबाजसँग पनि आफ्नो श्रीमानको भन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक–एक घर छन् । उनले विभिन्‍न क्षेत्रमा लगानी गरेकी दैनिक अखबार डनले छापेको छ । 

प्रधानमन्त्री शरीफसँग १० करोड ४२ लाख रूपैयाँ बराबरको सम्पत्ति छ भने १४ करोड ७८ लाखको दायित्व छ । प्रधानमन्त्रीकी कान्छी जीवनसँगिनी तेहमिना दुर्रानीको सम्पत्ति केही वर्षदेखि करिब ५७ लाख रुपैयाँ रहेको छ । एएनआई


Author

थप समाचार
x