विश्व

रुसी स्वामित्वको सुपरयाट होनुलुलु आइपुग्यो

इकागज |
असार ३, २०७९ शुक्रबार १४:१९ बजे

काठमाडौँ - अमेरिकाले कब्जा गरेको रुसी स्वामित्वको सुपरयाट बिहीबार अमेरिकी झण्डा फहराउँदै होनोलुलु हार्बर आइपुगेको छ । गत हप्ता अमेरिकाले फिजीमा ३ सय २५ मिलियन डलरको उक्त जहाजका लागि कानूनी लडाई जितेको थियो ।

त्यसलगतै उक्त जहाज हवाईमा पठाइएको अलजजिराले जनाएको छ । एफबीआईले उक्त जहाजलाई रुसी व्यापारिक नेता सुलेमान केरिमोभको भएको जनाएको छ । 


गत मार्चमा उक्त जहाज टास्क फोर्स क्लेप्टोक्याप्चरको निसानानमा परेको थियो र यसको उदेश्य भनेको रुसलाई युक्रेनमा युद्ध अन्त्य गर्न दबाब दिनु रहेको बताइएको छ । 
 


Author

थप समाचार
x