‘मारिउपोलमा मानिसले सडकको खाल्डोमा लुगा धुने गरेका छन्’
कीभ – रुसको कब्जामा रहेको युक्रेनी सहर मारिउपोलको अवस्था अहिले ‘मध्ययुग’ जस्तो भएको त्यस सहरका युक्रेनी मेयरका सल्लाहकारले बताएका छन् । पेत्रो एन्ड्रयुसचेन्कोका अनुसार केवल २ देखि ३ प्रतिशत मानिसको घरमा मात्र खानेपानी उपलब्ध भएको तथा मानिसहरुले सडकको खाल्डोमा लुगा धुने गरेका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ रहेको जनाएको छ । राष्ट्रसंघले रुसी आक्रमणको चार महिना बितिसक्दा पूर्वी युक्रेनको अवस्था झन् खराब हुँदै गएको बताएको हो ।
‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था - विशेष गरी पूर्वी डोनबासमा - अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ,’ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया