भारतको ‘अग्निपथ’ योजना के हो, युवाहरूले किन प्रदर्शन गरिरहेका छन् ?
काठमाडौँ – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले जुन १४ मा ‘अग्निपथ’ नामको योजना सुरु गर्ने घोषणा गरे । यसमा युवाहरूलाई सशस्त्र बलमा चार वर्षका लागि भर्ना गर्ने योजना रहेको छ ।
यस योजनामा छनोट भएका युवाहरूलाई ‘अग्निवीर’ भनिने तथा यस वर्ष करिब ४६ हजार युवाहरूलाई सशस्त्र बलमा भर्ना गरिने योजना रहेको छ । यसमा १७ वर्षदेखि २१ वर्षसम्मका युवाहरूलाई मात्र भर्ना गर्ने तथा उनीहरूको पारिश्रमिक प्रत्येक महिना ३० देखि ४० हजारसम्म हुनेछ । तर केन्द्र सरकारको यस योजनालाई लिएर देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ ।
युवाहरूले किन विरोध गरिरहेका छन् ?
यस योजनाको विरोधमा भारतको विभिन्न राज्यमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन गरिरहेका युवाहरूले सेनामा भर्ना हुनका लागि वर्षौसम्म तयारी गरिरहेका तथा केवल चार वर्षको जागिर अस्वीकार रहेको बताउदै आएका छन् । युवाहरूले सरकारलाई तत्काल यो योजना फिर्ता लिन आग्रह गरिररहेका छन् ।
योजना अनुसार भर्ना भएका २५ प्रतिशत युवाहरूलाई पछि भारतीय सेनामा राखिने तथा ७५ प्रतिशतले जागिर छाड्नुपर्ने हुन्छ । यसै योजनालाई लिएर युवाहरूले निरन्तररूपमा प्रदर्शन गरिरहेका छन् ।
तर रक्षा मन्त्री राजनाथ सिंहले भने यो निकै सकारात्मक प्रयास भएको दाबी गरेका छन् । उनले यसबाट युवाहरूलाई सेनामा भर्ना हुने मौका प्राप्त हुने तथा देशको सुरक्षा बलियो हुने बताए । सिंहले यसबाट देशमा रोजगारी समेत बढ्ने यसबाट प्राप्त अनुभवले अन्य क्षेत्रमा युवाहरूले रोजगारी प्राप्त गर्ने दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया