विश्व

ताइवानमा रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु

इकागज |
चैत २०, २०७७ शुक्रबार १६:४३ बजे

काठमाडौँ : ताइवानमा सयौँ यात्रु चढेको रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । चार सय ९० जना यात्रु चढेको रेल सुरुङभित्रबाट लिक छाडेर दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा दर्जनौ घाइते छन् । दुर्घटना भएको रेलभित्र रहेका यात्रुलाई बाहिर निकालिएको छ । राजधानी ताइपेईबाट टाइटुङतर्फ हिडेको रेल एउटा सुरुङभित्र पसेका बेला लिक छाडेर दुर्घटना भएको थियो ।


दुर्घटनामा फसेकाहरुको उद्धार भइरहेको ताइवानी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


Author

थप समाचार
x