फिलिपिन्समा रोड्रिगो दुतेर्तेकी छोरी सारा बनिन् उपराष्ट्रपति
मनिला- फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् । सारा दुतेर्तेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।
निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा दुतेर्ते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया