पूर्वविद्रोही लडाकु गुस्ताभो कोलम्बियाको राष्ट्रपति निर्वाचित
काठमाडौँ – पूर्वविद्रोही लडाकु गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपति निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा बोगोटाको पूर्वमेयर पेट्रोले दक्षिणपन्थी रोडोल्फ हर्नान्डेजलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।
मत परिणाम अनुसार ६२ वर्षीय पेट्रोले हर्नान्डेजलाई ७ लाखको झिनो मतले पछि पार्दै ५०.५ प्रतिशत मत ल्याएर विजयी भए । हर्नान्डेजले ४७.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ ।
उनी कोलम्बियाको पहिलो बामपन्थी राष्ट्रपति निर्वाचित भएका हुन् । विजयी भएपछि पेट्रोले एकताका लागि आह्वान गरे । राष्ट्रपतिबाट विदाइ भएका इभान डक्कीले पेट्रोलाई बधाइ दिदाँ हर्नान्डेजले पराजय स्विकार गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया