भारतमा केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक
नयाँ दिल्ली- भारतको एक पहाडमाथि चल्ने केबलकार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बोकेको केबलकार अड्किएपछि एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइँलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।
उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ । तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकाले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् ।
मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबलकार प्रयोग गरेका थिए ।
यस्तै, घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच एक जना अपरेटर केबलकारबाट हाम फाल्दा उनका मृत्यु भएको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया