विश्व

भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

इकागज |
असार ७, २०७९ मंगलबार २१:१६ बजे

फाइल तस्बिर

हनोई- भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । 

सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।  


विश्व बजारमा पटक-पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले आफ्नो देशमा पनि मूल्य वृद्धि गर्नु परेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । 

देशमा अहिले आन्तरिक मागका लागि पाँचदेखि सात दिनलाई मात्रै पुग्‍ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

महँगो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ । 

पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ । सिन्ह्वा 


Author

थप समाचार
x