भारतमा थप १२ हजारभन्दा बढीमा कोभिड संक्रमित
नयाँदिल्ली - बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिशत हो ।
पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।
कोरोना महामारीबाट मङ्गलबार भारतमा ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ९०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया