विश्व

भूकम्पमा परी अफगानिस्तानमा १५५ बालबालिकाको मृत्यु

इकागज |
असार १३, २०७९ सोमबार १६:० बजे

काठमाडौँ – गत हप्ता अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुने बालबालिकाको संख्या १ सय ५५ पुगेको छ । युनाइटेड नेसन्स अफिस फर द कोओर्डिनेसन अफ ह्युमानिटेरियन अफेयर्स (ओसीएचए) का अनुसार आइतबारसम्म भूकम्पमा परी १ सय ५५ बालबालिकाको मृत्यु भएको हो ।

२ सय ५० बालबालिका घाइते समेत भएको ओसीएचएले जनाएको छ । पाकिस्तानको सिमा क्षेत्रमा ६ म्याग्निच्यूटको भुकम्पमा ११ सय ५० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।


ओसीएचएले जनाए अनुसार ६५ बालबालिका टुहुरो भएका छन् ।


Author

थप समाचार
x