टेक्ससमा लरीभित्र आप्रवासी मृत्यु हुनेको संख्या ४६ पुग्यो
काठमाडौँ – अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४६ जना मृत भेटिएका छन् । मृत्यु हुने सबै आप्रवासीहरू रहेको आशंका गरिएको छ ।
अन्य ४ बालबालिका सहित १६ जनालाई अस्पताल लगिएको एक दमकल अधिकारीले बताएको बीबीसीले जनाएको छ । बाँचेकाहरू गर्मी र थकानबाट पीडित भएको बताइएको छ ।
अमेरिका-मेक्सिको सीमाबाट २ सय ५० किलोमिटर टाढा रहेको सान एन्टोनियो मानव तस्करहरूको लागि एक प्रमुख मार्गको रुपमा रहेको छ ।
मानव तस्करहरूले प्रायजसो गैरकानुनी आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्न सफल भएपछि दुर्गम क्षेत्रहरूबाट ढुवानी गर्न लरीहरू प्रयोग गर्ने गरेको बताइन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया