मंगोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु
फाइल फोटो
काठमाडौँ - मंगोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।
घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मंगोलियाली राष्ट्रिय पर्व नादम नजिकिँदै गर्दा बाल जकीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दाहरू उठिरहेका बेला प्रहरीको उक्त वक्तव्य सार्वजनिक भएको हो।
युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको आधिकारिक पर्व बिदा भने जुलाई ११ देखि १५ सम्म मनाइन्छ। सन् २०२१८ मा मंगोलियाली सरकारले जाडोमा घोडा दौडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
राष्ट्रिय नादम घोडा दौडको नियम अनुसार बाल जकीको न्यूनतम उमेर सात वर्ष तोकिएको छ । यद्यपि यो नियम देशमा वर्षभरि आयोजना हुने सबै घोडा दौडहरूमा भने लागू हुँदैन। रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया