विश्व

इजरायली संसद् विघटन

इकागज |
असार १६, २०७९ बिहीबार १४:५७ बजे

काठमाडौँ - इजरायली सांसद्हरूले बिहीबार संसद भंग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । 

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भंग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।  


इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउँन भने सकेको छैन । रासस


Author

थप समाचार
x