विश्व

भारतमा एकै दिन संक्रमितको संख्या १७ हजारभन्दा बढी

इकागज |
असार १७, २०७९ शुक्रबार १६:२४ बजे

नयाँ दिल्ली - बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोभिडबाट थप १७ हजार ७० सङ्क्रमित भएका छन् । 

हाल भारतमा कोभिडका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 


चौबिस घण्टाको समयावधीमा कोभिड सङ्क्रमणमा २३ को मृत्यु भएको थियो । कोभिड शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार १३९ को मृत्यु भएको छ । 

हाल भारतमा एक लाख सात हजार १८९ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता हिजो दोस्रो दिन हो ।  

पछिल्लो एक दिनमा १४ हजार ४१३ कोभिड भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ३६ हजार ९०६ पुगेको छ । कोभिड भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ । 

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोभिड भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोभिड भाइरस परीक्षण भएको बताइएको छ । 
रासस


Author

थप समाचार
x