विश्व

नाइजेरियामा बन्दुकधारीले आक्रमण गर्दा ३० सैनिकको मृत्यु

इकागज |
असार १९, २०७९ आइतबार १६:२२ बजे

फाइल तस्बिर

मैदुगुरी- खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिकारीले बताए ।    


मजदुरहरूको खोजी र उद्धारमा गएको फौजमाथि गरिएको आक्रमणको निन्दा गर्दै ती अधिकारीले आफ्ना सैन्य जवानलाई गुमाउनु हृदयविदारक भएको उल्लेख गरे । उनले त्यसले आफूहरूलाई केही कमजोर बनाए पनि आक्रमणकारीहरूलाई ठेगान लगाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।    

शिरोरोका एकजना स्थानीय अधिकारीका अनुसार मोटरसाइकल र ट्रकमा आएका बन्दुकधारीले गत बुधबार सुरक्षाफौजमाथि अन्धाधुन्ध गोली प्रहार गरी सातजनाको हत्या गरेका थिए भने आठ जना कामदारलाई पनि मारेका थिए । साथै उनीहरूले चिनियाँ कामदारलाई अपहरण गरेका थिए । मारिएका सर्वसाधारण खानी मजदुर भएनभएको यकिन भएको छैन ।  रासस 


Author

थप समाचार
x