भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु
नयाँ दिल्ली - भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया