भारतमा होटल र रेष्टुरेन्टले सेवा शूल्क लिन नपाउने
काठमाडौँ – भारतको उपभोक्ता संरक्षण प्राधिकरणले होटल र रेष्टुरेन्टहरूलाई बिलमा सेवा शूल्क लिन प्रतिबन्ध लगाएको छ । ग्राहकहरूको सेवा शूल्क तिर्न बाध्य पारिएको गुनासोहरू बढेको भन्दै उक्त आदेश आएको बीबीसीले उल्लेख गरेको छ ।
भारतमा होटल तथा रेष्टुरेन्टहरुले प्रायसजो ग्राहकको बिलमा ५ देखि १५ प्रतिशतसम्म अतिरिक्त सेवा लिने गरेका छन् । तर नयाँ नियम अनुसार होटल तथा रेष्टुरेन्टहरुले बिलमै सेवा शूल्क थप्न पाउने छैनन् ।
यसका साथै रेष्टुरेन्टले टिप्सको नाममा थप रकम लिन नपाउने तथा टिप्न नदिने ग्राहकलाई सेवा प्रदान गर्न अस्विकार पनि गर्न पाउने छैन् । यस अघि सन् २०१७ मा सरकारको उपभोक्ता विभागले सरकारी करसहितको रकममात्र ग्राहकले तिर्नुपर्ने निर्देशिका जारी गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया