विश्व

अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी

इकागज |
असार २३, २०७९ बिहीबार ६:१४ बजे

फाइल तस्बिर

काबुल - अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । 

देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैजाको जस्तो देखिए पनि केही फरक भएको बताइएको छ ।   


जाबुलको तालिवान सरकारको स्वास्थ्य प्रमुख अब्दुल हाकिम हाकिमीले घटनास्थलमा स्वास्थ्य टोली पठाइ सकिएको जानकारी दिए। 

उनका अनुसार टोलीले बिरामीहरूको उपचार गर्नुका साथै रोगका बारेमा समेत अनुसन्धान गरी प्रतिवेदन दिनेछ । 

त्यही प्रदेशमा यसअघि हैजा पनि फैलिएको थियो । प्रारम्भिक विवरण अनुसार अहिले फैलिएको रोग हैजा भन्दा फरक देखिएकाले थप चिन्तित गराएको छ ।
 


Author

थप समाचार
x