बेलायतका प्रधानमन्त्री जोनसनले कन्जरभेटिभ पार्टीबाट राजीनमा दिने
फाइल फोटो
बेलायत - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले राजीनामा दिने बीबीसीले जनाएको छ । तर उनको प्रधानमन्त्रीको पद भने निरन्तर रहिरहनेछ ।
बीबीसीका अनुसार पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा छन्।
आगामी दिनमा कन्जरभेटिभ पार्टीमा महाधिवेशन सुरु हुने र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिने छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरुको राजीनामा सुरु भएको छ । उनीहरु दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा अब विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया