जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
तस्बिर: रोयटर्स
काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।
उनले आफ्नो स्वास्थ्य अवस्था जटील बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । आबे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन् ।
उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर, आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।
सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आबे आठ वर्ष लगातार प्रधानमन्त्री रहे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया