विश्व

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

इकागज |
असार २४, २०७९ शुक्रबार १४:४७ बजे

काठमाडौँ - जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका आबेको उपचारका क्रममा निधन भएको जापानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको बीबीसीले जनाएको छ । 

'आबेलाई पछाडिबाट गोली लागेको थियो र उनको भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्थ्यो' प्रसारक एनएचकेले रिपोर्ट गरेको छ । उनको आक्रमणकारी हिरासतमा छ ।


उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर, आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आबे आठ वर्ष लगातार प्रधानमन्त्री रहे । 
 


Author

थप समाचार
x