विश्व

मस्कले नकिन्‍ने भए ट्‍वीटर

इकागज |
असार २५, २०७९ शनिबार ७:३० बजे

न्युयोर्क- अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्‍वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल  अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् । 

विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्‍वीटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।


ट्‍वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ । 

उल्लंघनवापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी
 


Author

थप समाचार
x