रुसमाथिको प्रतिबन्धले इन्धनको मूल्य उच्च हुने जोखिम छ : पुटिन
काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धलाई लिएर रुसमाथि जारी प्रतिबन्धका कारण इन्धनको मूल्य विनाशकारी रुपमा वृद्धि हुने खतरा रहेको चेतावनी दिएका छन् । पुटिनले यसबाट विश्वभरीका उपभोक्ता खतरा रहेको चेतावनी दिएको अलजजिराले उल्लेख गरेको छ ।
पुटिनले युक्रेनविरुद्धको युद्धका लागि कुनै समझौता नहुनेसमेत संकेत गरे । रुसमाथिको प्रतिबन्धलाई आर्थिक युद्धको संज्ञा दिएका पुटिनले रुसी इन्धनमाथिको निर्भरता घटाउने पश्चिमी देशको आह्वानका कारण विश्वव्यापी रुपमा तेल र ग्यासको मूल्यमा वृद्धि भएको बताए । पुटिनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका देशहरूलाई थप क्षति हुने चेतावनीसमेत दिए ।
अर्कोतर्फ युक्रेनले भने आफ्ना समर्थकहरूलाई रुसविरुद्ध लड्न थप हतियार उपलब्ध गराउनका लागि आह्वान गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया