विश्व

अमरनाथमा आँधी र वर्षा हुँदा मृत्यु हुनेकाे संख्या १६ पुग्याे, ४५ बेपत्ता

इकागज |
असार २५, २०७९ शनिबार १३:५० बजे

नयाँदिल्ली - नयाँदिल्ली- भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न भारी वर्षा हुँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४५ जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।    
    
एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ ।    
    
भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् ।    
    
अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।    
    



Author

थप समाचार
x