श्रीलंकाका राष्ट्रपति फरार
काठमाडौँ- श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएका छन् । राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि राष्ट्रपति राज्यापक्षाका फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए ।
बस, रेल र ट्रकमा भरिएका हजारौं प्रदर्शनकारीहरू आफूहरुलाई देशको आर्थिक संकटबाट बचाउन नसकेको भन्दै कोलम्बोको सडकमा उत्रिएका थिए ।
कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया