श्रीलंका राष्ट्रपति निवासमा प्रदर्शनकारी स्विमिङ खेल्दै, सेल्फी हान्दै
काठमाडौँ – श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएपछि उक्त निवासमा रहेको पौडी पोखरीमा प्रदर्शनकारीहरुले पौडी खेलेका छन् । उनीहरु पाैडी खेल्दै सेल्फी खिचेर रमाइरहेका छन् ।
राजधानी कोलम्बोस्थित निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीले पोखरीमा पौडी खेलेको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले निवासलाई घेरा हाल्नुका साथै तोडफोड गरेपछि राष्ट्रपति राजापाक्षा फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको थियो ।
श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए ।
बस, रेल र ट्रकमा भरिएका हजारौं प्रदर्शनकारीहरू आफूहरुलाई देशको आर्थिक संकटबाट बचाउन नसकेको भन्दै कोलम्बोको सडकमा उत्रिएका थिए । कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।
यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीसहित कम्तिमा ३३ जना घाइते भएको बीबीसीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया