सहकार्य गर्न अमेरिका र चीन इच्छुक
वाली- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन् । शनिबार इन्डोनेसियामा आयोजित एउटा वार्तापछि दुवै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन् । दुवै नेताले पुनः वार्ता गर्न आफूहरू उत्सुक रहेको बताएका छन् ।
‘हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने । उक्त अवसरमा विदेशमन्त्री वाङले राष्ट्रपति चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताएका थिए । ‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ विदेशमन्त्री वाङले भने । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया