विश्व

आबे हत्याको छायाँबीच जापानमा निर्वाचन

इकागज |
असार २६, २०७९ आइतबार १३:५२ बजे

टोकियो- पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ । 

विभत्स हत्याले प्रजातान्त्रिक प्रक्रिया अवरोध नहुने प्रधानमन्त्री फुमिको किसिदा र अन्य राजनीतिज्ञहरूले बताउँदै आएका छन् । ‘चुनावका क्रममा आवाज दबाउन हामीले कहिल्यै पनि हिंसालाई अनुमति दिनु हुन्न’, उनले भने ।


उनले टोकियोस्थित आबेको घरमा शोक व्यक्त गरेका छन् । आबेको शव शनिबार दिउँसो पश्चिमी जापानको अस्पतालबाट घरमा लगिएको थियो । आबेको हत्यापछि सम्पूर्ण देश नै स्तब्ध बनेको छ । उनको हत्याको विश्व नेताले निन्दा गरेका छन् । एजेन्सी


Author

थप समाचार
x