प्रदर्शनको भोलिपल्ट किन शान्त देखिए श्रीलंकाका गल्लीहरु ?
काठमाडौँ – राष्ट्रपति निवास कब्जा तथा प्रधानमन्त्रीको निवासमा आगजनी हुने गरी भएको प्रदर्शनको दोस्रो दिन आइतबार श्रीलंका शान्त बनेको छ । शनिबार प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षाको सरकारी निवास कब्जा गर्नुका साथै प्रधानमन्त्री रानिल विक्रमेसिंघेको निवासमा आगजनी गरेसँगै दुबैजनाद्वारा राजीनामा दिने घोषणा भएपछि श्रीलंकाको गल्लीहरु शान्त देखिएको अलजजिराले जनाएको छ ।
प्रधानमन्त्री विक्रमेसिंघेले अन्तरिम सरकार गठनका लागि पदबाट राजीनामा दिने घोषणा गर्दा राष्ट्रपति राजापाक्षाले भने आगामी बुधबार राजीनामा दिने घोषणा गरेका छन् ।
७३ वर्षीय राजापाक्षाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि जनतासँग आग्रह गर्दै राजीनामा दिनुअघि उक्त प्रकृयाको अवलोकन गर्ने बताएका छन् । राजापाक्षा र विक्रमेसिंघेको राजीनामासँगै श्रीलंकाको कानूनी प्रावधान अनुसार सभामुख महिन्दा यापा अवेवार्दनेले अन्तरिम राष्ट्रपति बन्ने छन् ।
सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया