ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी
रबाट- मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् ।
मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ ।
धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक ईद अल-अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ ।
क्षमा सूचीमा भएका अधिकांश कैदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरू मध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ ।
आतङ्कवाद र आतङ्कवादसम्बन्धी घटनामा दोषी ठहरिएका ११ जना कैदीहरू समेत सजाय माफी पाउने सूचीमा रहेको बताइएको छ । उनीहरूले आतङ्ककारीहरूलाई पुनः स्थापना गर्न मोरक्को सरकारले सुरु गरेको पहलमा भाग लिएको उल्लेख गरिएको छ ।
यी ११ जना कैदीहरूले सबै प्रकारका कट्टरपन्थी र आतङ्कवादलाई आधिकारिक तवरमा अस्वीकार गरेको घोषणा गरेका पनि वक्तव्यमा बताइएको छ । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया