राजनीतिज्ञहरू ‘अमूक संगठन’सँग जोडिएका कारण पूर्व प्रधानमन्त्री आबेको हत्या गरेको आरोपीको बयान
फाइल फोटो
जापान - हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक संगठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमले यस संगठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेका छन् ।
रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए । तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया